एउटा ढुंगाले दुई कार ध्वस्त, २ को मृत्यु, ३ घाइते (भिडियोसहित)
काठमाडौं । कारमाथि ठूलो ढुंगा खस्दा त्यसमा सवार दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते छन् । भारतको नागाल्याण्डमा सडकमा पार्किङ गरिएका कारहरूमा विशाल ढुंगा खस्दा मानवीय क्षति भएको हो ।
मंगलबार साँझ भएको घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा ठूलो ढुङ्गा पहिले एउटा कारको माथि खसेर नजिकैको अर्को कारमा खसेको देखिन्छ । ढुङ्गा यति तीव्र गतिमा खसेको थियो कि दुवै गाडीहरू ध्वस्त भएका थिए ।
सोही समयमा खसेको अर्को ढुंगाले थप एक कारमा समेत क्षति पुर्याएको छ । घटना हुँदा पानी परिरहेको थियो ।
समाचार एजेन्सी पिटिआइका अनुसार अधिकारीहरूले यो घटना नागाल्याण्डको चुमोकेडिमा जिल्लाको भएको बताए।
अधिकारीका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको छ ।
#WATCH | A massive rock smashed a car leaving two people dead and three seriously injured in Dimapur’s Chumoukedima, Nagaland, earlier today
(Viral video confirmed by police) pic.twitter.com/0rVUYZLZFN
— ANI (@ANI) July 4, 2023


प्रतिक्रिया