प्रचण्ड अभिव्यक्तिको गलोपाँसो : एमालेले संसद अवारोध गर्ने चाल पाएपछि फर्काए जवाफ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि आफैले दिएको अभिव्यक्ति गलपाँसो बनेपछि त्यसको जवाफ फर्काएका छन् ।
सोमबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरूद्ध गर्ने संकेत पाएपछि बबण्डर गर्न खोजिएको आरोप लगाए ।
मैले बोलेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’, उनले भने, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं’, उनले भने ।
उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै सिंहले बोलेको कुरा आफूले बोलेको जिकिर गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया