कोशी सरकारविरूद्ध एमाले सर्वोच्चमा, के होला मुख्यमन्त्रीको पद ?
काठमाडौं । असंवैधानिक तरिकाले कोशी प्रदेशमा नयाँ सरकार गठन भएको जिकिर गर्दै प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
एमाले कोशी प्रदेशको तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकार गठनका लागि कांग्रेस, माओवादीसहितको गठबन्धनले सभामुख बाबुराम गौतमलाई जोडेपछि त्यसविरूद्ध एमाले सर्वोच्च अदालत पुगेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ ।
गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रबार नै थापाले कांग्रेस र नेकपा एसलाई समेटेर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया