बालुवाटार प्रकरणमा सञ्चारसचिव राउत पनि पक्राउ
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले आज त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको जनाइएको छ ।
उनीले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको आरोप छ । त्यतिबेला उनी भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत थिए ।
ब्यूरोले आज यही प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरी घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया