संसदको गतिरोध हटाउन तीन दलको बैठक जारी

काठमाडाैं । संघीय संसद्को गतिरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल सुरू भइरहेको हो।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले अवरोध गरेको संसद खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच आइताबार छलफल भएको थियो ।
आफूले दिएको अभिव्यक्तिको सम्बन्धमा सदनमा जवाफ दिने र एमालेले संसद सूचारू गर्ने सहमति भएको थियो । तर असार २१ गते प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटलाई लिएर ओलीले असहमति जनाएपछि अन्तिम समयमा बैठक स्थगित भयो । सोही विषयमा थप सहमति जुटाउने गरी आजपनि छलफललाई जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
असार १८ गते प्रचण्डले भारतीय नागरीक सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति राष्ट्रियता र संसदको सार्वभौमसत्ताविपरित भएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ । लगातार संसद अवरोध हुँदा संसदमा विचाराधीन बिल प्रभावित भएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया