झुट्टो शैक्षिक प्रमाणपत्र बुझाएर अस्थायी शिक्षक !
काठमाडौं । मोरङस्थित शिक्षा सदन माध्यामिक विद्यालयमा कार्यरत शिक्षक राचन्द्र मण्डलको शैक्षिक प्रमाणपत्र झुट्टो भएको पुष्टि भएको छ ।
नक्कली प्रमाणपत्रका आधारमा अस्थायी शिक्षकमा नियुक्त भएका मण्डलले भारतस्थित मगध विश्वविद्यालय, बोधगयाबाट बिएससी उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र पेश गरेका थिए ।
त्यसकै आधारमा अस्थायी रूपमा नियुक्त भएर लाभ, सेवा सुविधा लिएका उनलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को खफा १३ को उपदफा(१) बमोजिम कारवाहीको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया