ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पनि पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास परिसरको जग्गा प्रकरणमा आज थप एकजनालाई पक्राउ गरेको छ ।
ब्यूरोले आज समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
उक्त जग्गा किर्ते मुद्दामा अनुसन्धान गरिरहेको ब्यूरोले पौडेलले ती जग्गाको दर्ता स्रेस्ता सच्याएर व्यक्तिको नाममा सारेको दाबी गरेको छ ।
समरजंग कम्पनी तत्कालिन समयमा गृह मन्त्रालय मातहत रहेको सरकारी कम्पनी थियो ।
सरकारले ललिता निवासको जग्गा अधिग्रहण गरिसकेपछि सोही कम्पनी मातहत ल्याएको थियो । पछि भू-माफियाहरूको सक्रियतामा समरजंग कम्पनीको नाममा रहेका जग्गाहरू विभिन्न व्यक्ति र गुठी संस्थाका नाममा दर्ता गर्ने काम भयो ।
सो क्रममा २२ रोपनी जग्गा नै बक्सिसका नाममा विचौलियाहरूले पाएका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया