लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसंघको चेतावनी
बेरूत । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भने, ‘पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले घटनाहरू चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ ।’
संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायल र लेबनानलाई तनाव बढाउने गतिविधिबाट जोगिन आग्रह गरेका छन् ।
लेबनानको दक्षिणी सीमावर्ती शहर यारिनको बाहिरी इलाकामा एक ‘वाच टावर’ स्थापना गरिरहेका हिजबुल्लाहका सदस्यमाथि इजरायली ड्रोनले बुधबार आक्रमण गर्दा तीन जना घाइते भएको लेबनानको एलनाशरा समाचार संस्थाले जनाएको छ ।
त्यसको जवाफमा हिजबुल्लाहले ड्रोन खसालेको समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूले सीमाको स्थितिको निगरानी जारी राखेकाले युनिफिलले इजरायल र लेबनान दुवै देशका अधिकारीहरूसँग सम्पर्क गरेको अर्डेलले पुष्टि गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया