के प्याजको रसले कपाल झर्न रोक्छ ?
काठमाडौं । कपाल झर्ने र पातलो हुने समस्या महिला र पुरुष दुवैमा देखिन्छ । दैनिक सय वटासम्म कपाल झर्नुलाई सामान्य रुपमा लिन सकिन्छ । तर, त्योभन्दा पनि बढी कपाल झर्न थाल्यो भने समयमै सजक हुनु पर्दछ ।
पछिल्लो समय सामाजिक सञ्जालमा हेयर केयर र स्किन केयरका अनेक भिडियोहरु भाइरल हुने गरेका छन् । त्यस मध्ये एक हो प्याजको रसले कपाल झर्न रोक्छ भन्नु । के प्याजको रसले वास्तवमै कपाल झर्न रोक्छ त ? छाला तथा कपाल रोग विषेशज्ञ डा. प्रकाश आचार्यका अनुसार अहिलेसम्म यसबारे वैज्ञानिक अध्ययन भने भएको छैन ।
सन् २००२ मा गरिएको एक अध्ययनले एलोबेसिया एरियटा भन्ने रोगमा प्याजको प्रयोगले राम्रो असर देखाएको थियो । अहिलेसम्मको कुरा गर्नुपर्दा यसबारे कुनै ठोस प्रमाण भने भेटिएको छैन । यद्यपी, प्याजको रसले कपाल झर्न कम नै नगर्ने भन्ने चाहिँ होइन । तर हामीले के बुझ्नु पर्दछ भने कपाल झर्ने सयौँ कारण छन् र सबैमा प्याजको रसले काम गर्छ भन्न पनि सकिँदैन ।
हाम्रो कपालको साइकलको एउटा टेलोजन भन्ने स्टेजमा कपालहरु झर्नका लागि तयार भएका हुन्छन् । हामीलाई डेंगू, कोरोना जस्ता रोग लाग्यो भने र एक्कासी तौल घट्यो भने हाम्रो कपाल टेलोजेन भन्ने अवस्थामा पुग्दछ र धेरै झर्दछ ।
कतिपयलाई प्याजको रसले एलर्जी पनि हुन सक्दछ र समस्या झनै बढ्दछ । त्यसैले यी सबै कुरालाई ध्यानमा राखेर मात्र कुनै पनि चिजको प्रयोग गर्नु पर्दछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया