आगामी तीन दिनको मौसम : भारी वर्षाको सम्भावना कम
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको कारण देशभर सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना नरहेको यद्यपी हल्का देखि मध्यम वर्षा भने हुनेछ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आज बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहीबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागको एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया