गर्मी मौसममा कपाललाई यसरी राख्नुहोस् सुरक्षित
काठमाडौं । गर्मी मौसममा छालालाई जस्तै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ । गर्मी मौसममा धुलो र पसिनाले गर्दा हाम्रो कपालको मोस्चरलाई असर गरेको हुन्छ । आज हामी गर्मी मौसममा आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने टिप्सका बारेमा जानकारी गराउँदै छ ।
१. बढ्दो तापक्रममा कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लो हुनबाट बचाउँछ ।
२. घरबाट बाहिर निस्कने बेला आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।
३. कपाल कलर गर्नु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउँछ ।
४. गर्मी मौसम अनुसार हेयर स्टाइल्स राख्नुहोस् । आफ्नो कपाललाई खुकुलोसँग बाँध्नुहोस् ।
५. कपाललाई कस्सेर नबाँध्नुहोस् । यसले कपालमा खराबी ल्याउनुका साथै कपाल झर्ने सम्भावना बढाउँछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया