त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुनसहित दुई जना पक्राउ परेका छन् ।
हङकङबाट आएको सुनसहित एजेन्ट र भरियालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।
विभागको टोलीले विशेष सूचनाका आधारमा सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिँदै गर्दा बरामद गरेको हो ।
अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो ।
‘विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ,’ छापा मार्न संलग्न स्रोतले भन्यो, ‘भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ ।’
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया