जाँचपासका कर्मचारीलाई निलम्बन गर्दै विस्तृत अनुसन्धान गर्ने तयारीमा भन्सार विभाग
काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँचपासमा खटिएका कर्मचारीलाई तत्काल निलम्बन गरेर विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ ।
आज विहान बसेको विभागको बैठकले अनुसन्धानका लागि निर्देशकको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय भएको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए ।
योसँगै विमानस्थलस्थित कार्गो बिल्डिङको जाँचपासमा खटिएका कर्मचारीको नाम मगाएर आजै निलम्बन गरिने उनले बताए । उनका अनुसार कर्मचारीको नामवालीसँगै अन्य विस्तृत विवरण पनि विमानस्थलसँग माग गरिएको छ ।
मंगलबार साँझ विमानस्थलको भन्सार कार्यालयबाटै पास भइसकेको करिब एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया