बहस सकियो : सचिव राउत भोलि रिहा होलान् ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतको पक्राउ विरूद्ध परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको आदेश भोलि आउने भएको हो ।
उनको रिहाइका लागि दायर रिटमाथि आजबाट बहश सकिएको छ ।
आज बहस सकिएसँगै भोलि अदालतको आदेश आउनेछ । गत २४ असारमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई बालुवाटार सरकारी जग्गा हिनामिनामा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।
अति जरुरी पत्र थमाएर सचिव राउतलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । सचिव राउतको पक्राउविरुद्ध निजामती कर्मचारी आन्दोलित भएका छन् ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया