अरुले जे गर्यो त्यही स्वतन्त्र पार्टीले गर्दैन : रवि लामिछाने
विराटनगर । एमालेले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने पार्टी सभापति रवि लामिछानेले बताएका छन् ।वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।
अरुले जे गर्यो त्यही स्वतन्त्र पार्टीले नगर्ने बताउँदै उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविकता थाहा पाएर मात्रै सडक/सदनमा कुरा गर्छौं ।’
शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबारे थप टिप्पणी गर्न नहुने बताए । यद्यपी, सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने उनको दावी छ ।
उनले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्छ ।’
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया