अरुले जे गर्यो त्यही स्वतन्त्र पार्टीले गर्दैन : रवि लामिछाने

विराटनगर । एमालेले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने पार्टी सभापति रवि लामिछानेले बताएका छन् ।वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।
अरुले जे गर्यो त्यही स्वतन्त्र पार्टीले नगर्ने बताउँदै उनले भने, ‘हामी धैर्य गर्छौं । वास्तविकता थाहा पाएर मात्रै सडक/सदनमा कुरा गर्छौं ।’
शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबारे थप टिप्पणी गर्न नहुने बताए । यद्यपी, सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने उनको दावी छ ।
उनले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढंगको हो भन्ने अनुसन्धान गर्नुपर्छ ।’
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया