२६ सहसचिवको सरुवा

काठमाडौं । सरकारले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।
निजामती किताबखानाका महानिर्देशक टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । प्रदिपराज अधिकारीलाई संचार मन्त्रालयमा सरुवा गरेको छ ।
ध्रुबराज पण्डितलाई संघीय मामिला मन्त्रालयको अतिरित्त समूहबाट भूमिसुधार मन्त्रालय सरुवा गरेको छ । बागमति प्रदेशका सचिव आस्मान तामाङलाई अख्तियार सरुवा गरेको छ ।
हुलाक विभागका महानिर्देशक इन्दु घिमिरेलाई महिला बालबालिका मन्त्रालय सरुवा गरेको छ ।
जाजरकाेटका प्रमुख जिल्ला अधिकारी रामकुमार महताेलाइ संघिय मामिला मन्त्रालयमा सरूवा गरेकाे छ । यस्तै सतर्कर्ता केन्द्रका ज्ञानराज सुवेदीलाइ भाैतिक पुर्वाधार मन्त्रालयमा सरूवा गरेकाे छ ।
प्रतिक्रिया