झुटो प्रमाणपत्रका आधारमा शिक्षक नियुक्त हुँदा अख्तियारको फन्दामा
काठमाडौं । धनुषास्थित श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत राहत शिक्षक सीता कुमारी यादवविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीमाथि अनुसन्धान गर्दा उनले साबिक श्री नवयुवक जनता प्राथामिक विद्यालयमा प्रा.वि तहको अस्थायी राहत शिक्षकमा नियुक्त हुँदा झुटो प्रमाणपत्र बुझाएको पाइएको छ ।
उनले बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र बुझाएको पाइएको हो ।
यसरी नक्कली प्रमाणपत्रको आधारमा शिक्षकको हैसियतमा लाभ लिइएको भन्दै आयोगले उनीविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया