चुनावको खर्च विवरण नबुझाउँदा गगनदेखि सोबितालाई आयोगको जरिवाना, कसलाई कति ?

काठमाडौं । निर्वाचन आयोगले गत वर्षको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तिराउने भएको छ ।
प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभाका १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्न लागेको हो ।
खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई आयोगले सात दिनको अल्टिमेटम दिएको छ ।
आज जारी गरेको आयोगको सूचना अनुसार हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् ।
विवरण नबुझाउनेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसम्म छन् । त्यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती, नेपाली कांग्रेसका नेता राजन भट्टराई, एमाले नेता शेरधन राई, कांग्रेस नेता गिरिराजमणि पोखरेल, विजय गच्छदार लगायतलाई पनि आयोगले जरिवाना तोकेको छ ।
आयोगले खर्च विवरण नबुझाउने उनीहरूसहित एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई १५ हजारको दरले जरिवाना तोकेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया