डिएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका उनलाई आज गृह मन्त्रालयले बर्खास्त गरेको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्नका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।
अनुसन्धानको क्रममा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया