बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्दै

काठमाडौं। बागमती प्रदेशमा विहीबार (आज) देखि सार्वजनिक यातायातको भाडा घट्ने भएको छ । नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले यातायातको भाडादर घटाउन लागेको जनाएको छ ।
बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत, मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत, सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।
उनकाअनुसार ट्याक्सीको भाडा भने अहिलेलाई यथावत रहनेछ । काठमाडौं उपत्यकामा अब सार्वजनिक यातायातमा ७ किलोमिटर चड्दा १८ रुपिँया तिर्ने पर्ने भएको छ। यसअघि भने १९ रुपिँया तिर्नुपर्दथ्यो । यस्तै यसअघि पाँच देखि १० किलोमिटरसम्म चढ्ने वित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया