NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु

काठमाडौं। पहिरोका कारण अवरुद्ध भएको १३ घण्टापछि सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।

तानसेन–बुटवल सडकखण्डको तिनाउ स्थित सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर शनिबार रातीदेखि राजमार्ग अवरुद्ध भएको थियो।

आइतबार बिहान साढे ११ बजे राजमार्ग एकतर्फी रूपमा सुचारु भएको र पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका थिए। रोकिएका यात्रु गन्तव्यतर्फ जान पाएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष