सर्लाही बस दुर्घटना अपडेट : दुई जनाको सनाखत
काठमाडाैं । सर्लाहीमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ ।
सर्लाही प्रहरीका अनुसार मृत्यु हुने भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको छ ।
दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आइतबार वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया