रियो दि जेनेरियोमा प्रहरी आक्रमण, नौ जनाको मृत्यु
ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।
भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दै प्रहरी कारबाही तीव्र पारिएको हो ।
ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ । अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन्-अपराधीहरू ‘साङ्लो जस्तै मर्नुपर्छ।’
उनले ब्राजिलमा ‘बुलेट लबी’ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया