मान्छे छाडेर गाडीको पछाडि लाग्न थाले, ब्लु बसमा समस्या छैन : रवि
काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाका लागि सञ्चालित ब्लु बसबारे आएका समाचारप्रति असन्तुष्टि जनाएका छन् । ब्लु बसमा कुनै समस्या नभए पनि नियोजित रूपमा समाचार बनाएर आफूलाई खेदिएको उनको आशय छ ।
‘ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
लामिछानेले गत साताबाट चितवनमा महिलाका लागि ब्लु बस सञ्चालनमा ल्याएका छन् । यसअघि अर्कै रङमा रहेको बसको स्वरूप परिवर्तन गर्न यातायात कार्यालयको अनुमति लिनुपर्नेमा नलिईकन ब्लु पारिएको पाइएपछि विभिन्न सञ्चारमाध्यमले यसबारे समाचार बनाएका थिए ।
त्यस्तै, मोबाइल क्लिनिक पनि यथावत् सञ्चालन हुने उनले प्रष्ट पारेका छन् । यसअघि पुरानो मेडिकल कलेजको एम्बुलेन्स लिएर रविले आफू निर्वाचित भएको १०० दिनको अवसरमा उक्त सेवा सञ्चालन गरेकोमा विवाद भएपछि मेडिकललाई नै हस्तान्तरण गर्न लागिएको छ । लामिछानेले गाडी परिर्वतन गरेर सेवा यथावत् दिन लागिएको जानकारी दिए । उनका अनुसार, छिट्टै २ वटा सवारीबाट यस्ता दिइनेछ ।
‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बाआमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ,’ लामिछानेले सामाजिक सञ्जालमा यसबारे प्रष्ट पारेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया