शीर्ष नेतालाई बोलाए सभामुखले
काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । दुई सातादेखि अवरुद्ध सदन सञ्चालनका लागि दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सभामुख घिमिरेले सोमबार शीर्षलाई डाकेका हुन् ।
सभामुख घिमिरेको सचिवालयले सोमबार दिउँसो १२ बजे प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएको जनाएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेका कारण १० साउनदेखि सदन अवरुद्ध छ । अवरोधका कारण १५ साउनमा बस्दै नबसी सूचना टाँसेर स्थगित भएको बैठक सोमबार १ बजेका लागि तोकिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया