उच्च अदालतले भन्यो : ‘व्यापारिक कम्प्लेक्समा पार्किङ शुल्क उठाउन दिनू’
काठमाडौं । व्यापारिक कम्प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश राजेन्द्र खरेलको इजलासले सो आदेश दिएको हो ।
खरेलको इजलासले यस विषयमा निवेदकको निवेदनको माग बमोजिम आदेश किन जारी हुनुनपर्ने ? भन्दै निवेदन माग बमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएको मितिले १५ दिनभित्र जवाफ दिन भनेको छ।
काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरूलाई पार्किङ शुल्क नउठाउन निर्देशन दिएपछि व्यापारिक कम्प्लेक्सले उच्च अदालतमा रिट दायर गरेको हो।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया