सुन प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं । क्विन्टल सुन प्रकरणमा संलग्न रहेको भनिएका दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बेइजिङ उड्न लागेका उनीहरूलाई आज बिहान पौने ६ बजे विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर सिआईबिलाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लि जियालिन र ली फुयान छन् ।
हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँको संख्या तीन जना पुगेको छ । यसअघि ४ गते एक जना चिनियाँ पक्राउ परेका थिए ।
यही प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया