चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले गरे प्रदर्शन

काठमाडौ । काठमाडौंको कपनस्थित चखुञ्चा खोला खोल्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
कपन सात तले क्षेत्रका स्थानीयले शुक्रवार खोला मिचेर घर टहरा बनाउँदा बाढीले दुर्घटना निम्त्याएको भन्दै छोपिएको र पुरिएको खोला खोल्न माग गरेका थिए । त्यसक्रमा उनीहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका टोली कपन पुगेको छ। काठमाडौं महानगरपालिका ७ र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को सीमानामा खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको हो।
बिहीबार दिउँसो पनि काठमाडौं महानगरपालिकाले डोजर लिई खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो।
बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले भने आफूहरूसँग कुनै समन्वय नै नगरी डोजर चलाउन लागेको भन्दै महानगरको विरोध गरेका थिए ।
काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्र भएर बग्ने खोला अतिक्रमणमा परेपछि उक्त क्षेत्र डुबान हुने गरेको छ ।
ताजा अपडेट
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
-
‘सगरमाथा संवाद’: पाहुनालाई गराइयाे हिमशृङ्खला दृश्यावलोकन
-
सगरमाथा संवादमा इलामे चियाको स्वाद
प्रतिक्रिया