नेपाल फर्किने हिम्मत छैन भनेपछि भ्रमण छोट्याएर आएँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
सोमबार बिहान स्वदेश फर्किएका नेपालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफू पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर फर्किएको बताए ।
अध्यक्ष नेपालले आफू दुईरतीन दिनअघि नै स्वदेश आउन खोजे पनि टिकट भनेका बेला काट्न नसकिएको बताउँदै भने, ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ ।’
चुनौतीको सामाना गर्ने ढंगले फर्किएको बताउँदै उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने बताए ।
ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल अनुसन्धानमा तानिएका हुन् ।
आफूले कुनै लेनदेन नगरेकाले नआत्तिएको तर अलिअलि चित्त दुखेको नेता नेपालको भनाइ छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया