गाउँपालिकाका दुई कर्मचारी पाँच लाख घुससहित पक्राउ
काठमाडौं । सप्तरीस्थित विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेक नारायण यादव र एमआइएस अपरेटर विरेन्द्रकुमार यादव घुससहित पक्राउ परेका छन् ।
आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पाँच लाख घुससहित पक्राउ गरेको हो । यादवले सोला बत्ती जडान लगायत योजनाको भुक्तानीवापत सेवाग्राहीसँग दुई लाख रूपैयाँ घुस मागेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि अनुसन्धान हुँदा उनीहरू दुवैलाई दुई लाख रूपैयाँ नगद र तीन लाख रूपैयाँ चेकसहित रजविराज नगरपालिका वडा ३ स्थित त्रिभुवनचोेकबाट पक्राउ गरिएको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन्।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया