गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
गाउँपालिकामा अवैध कमिसन जम्मा गराउने उद्देश्यले अर्कै व्यक्तिको नाममा खाता खोलेर रकम जम्मा गराइ विकास निर्माणको कामबाट लाखौं भ्रष्टाचार गरेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि छानविन हुँदा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्यालले वडामा भएका विकासका कामको भुक्तानी दिँदा १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको पाइएको हो । उनले गाउँपालिकासँग आर्थिक कारोबार गरेका समूहसँग घुस लिएको पाइएको छ ।
आयोगले उनीसहित उनका छोरा पवन कुमार अर्याल, वडा सचिव गुुलाव यादब, प्रोपाइटर विनोद बाबु तिवारी, तत्कालिन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र प्रोपाइटर अमरीश यादबलाई प्रतिवादी बनाएर आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया