नेपाल आँखा अस्पतालले विभिन्न पदमा कर्मचारी माग्यो
काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदको लागि कर्माचारी माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गरी नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी माग गरेको हो ।
अस्पतालले अस्पतालको लागि र चस्मा पसलको लागि कर्मचारी मागेको छ । अस्पतालको लागि अप्थोमेलोजिस्ट, ओपीडी म्यानेजर, सामुदायिक आँखा स्वास्थ्य सेवा कोर्डिनेटर, शाखा अधिकृत सरह(प्रशासन) तहमा एक÷एक जना कर्मचारी माग गरेको छ । त्यस्तै अस्पतालले चस्मा पसलको लागि र्फामेसी सुपरभाइजर, अप्टिसियन, अकाउन्टेन्ट, स्टोर किपर, सेल्स पर्सनलगायत पदमा कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले चैत २७ गते चार बजेभित्रसम्म दरखास्त दिन पाउनेछन् । साथै उम्मेदवारले दरखास्त दिँदा विस्तृत अनुभवसहितको बायोडाटा राखि पेश गनुपर्ने अस्पतालले जनाएकाे छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया