प्रधानमन्त्रीलाई सभामुखले भने- सदन खुलाउन गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको अवरोध खुलाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सदनको अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिन पनि सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
सभामुखको रुपमा आफुले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको गरेको भएपनि परिणाममा निस्किन नसकेको उनले सुनाएका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने बताएको उनको सचिवालयले जनाएको छ ।
सभामुखले यसअघि पनि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेललगाएत दलका शिर्ष नेताहरुसँग सदन खुलाउन छलफल गरिसकेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता सदनमा अवरोध गर्दै आएको छ । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरिय न्यायिक समिति गठनको माग गर्दै एमालले सदनमा अवरोध गर्दै आएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया