अवैध रकमसहित विमानस्थलबाट समातिए फिलिपिन्सका नागरिक
काठमाडौं । दुबई जान लागेका एक फिलिपिन्सका नागरिक अवैध रकमसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
फ्लाई दुबईको FZ ११३४ उडानमार्फत काठमाडौंबाट दुबई जाने क्रममा फिलिपिन्सका ३२ वर्षीय आर्सेनियो जूनियर मेसालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान ७ बजे सेकुरिटी चेकिङ्गको क्रममा समातिएका आर्सेनियोको साथबाट अबैध नेपाली मुद्रा ८ लाख ६७ हजार, अमेरिकन डलर ३२००, ४१ मलेसियन रिँगिट र १०० दिराम बरामद गरिएको हो ।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया