दावासँगको संवाद बाहिरिएपछि महानिर्देशकबाट हटाइए झलकराम अधिकारी

काठमाडौं । सुन प्रकरणमा संलग्नताको आशंका गरिएका दावा छिरिङ शेर्पासँगको संवाद बाहिरिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पदबाट हटाइएका छन् ।
उनलाई महानिर्देशकबाट पदच्युत गरेर गृह मन्त्रालय तानिएको छ ।
केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका शेर्पासँग अधिकारीको संवाद बाहिरिएको थियो ।
उनीहरू दुईबीच वीच्याटमा भएको संवाद सार्वजनिक भएको थियो । सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि उनलाई आजै विभागबाट हटाइएको हो ।
तिब्बती मूलका बेल्जियन नागरिक शेर्पा यतिबेला सोही प्रकरणमा हिरासातमा छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया