श्रेष्ठलाई कार्यवाहक दिएर उपेन्द्र केरलातिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिबार भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको सो जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
उनका अनुसार उक्त अवसरमा अध्यक्ष यादवको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने छ । अध्यक्ष यादव यही भदौ २१ गतेसम्म भारतमै रहने जनाइएको छ । अध्यक्ष यादव दिल्ली हुँदै केरेला पुग्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया