अमेरिकामा रंगभेदी हमला, ३ को हत्यापछि आक्रमणकारीले हाने आफैंमाथि गोली
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा रंगभेदी हमला भएको छ । हमलामा आक्रमणकारीले तीन जनाको ज्यान लिनुका साथै आफैंमाथि गोली हानेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, डलर जनरल स्टोरमा प्रवेश गरेर आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । त्यसक्रममा गोली लागेर दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।
आक्रमणकारी गोरा समुदायको अन्दाजी २० वर्षको भएको बताइए पनि नाम भने गोप्य राखिएको छ ।
यो हमला उनले एक्लै गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ ।
घटनालगत्तै अध्ययन थालेको एफबिआईले अहिले यसबारे अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया