महरामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छैन- सरकारी वकिलको कार्यालय

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले भेप सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि छानविन गर्न कुनै निर्देशन नदिइएको बताएको छ ।
केहि सञ्चारमाध्यामहरुमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरा बाबु छोरामाथि अनुसन्धान गर्न निर्देशन दिएको समाचारहरु सार्वजनिक भएका थिए ।
तर सरकारी वकिलको कार्यलयले यस्तो कुनै पनि निर्देशन नभएको बतायो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले यस्तो कुनै निर्देशन नभएको नेपालवाचलाई बताए ।
‘यहाँबाट कुनै पनि निर्देशन भएको छैन् । मिडियामा मैले बोलेको भनेर आएका रहेछन् । यो गलत कुरा हो,’ उनले भने ।
यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि यस्तो कुनै निर्देशन नआएको बताएको छ । सीआइबीका प्रवक्ता नवराज अधिकारीले प्रहरीले आफ्नै तवरले अनुसन्धान गरिरहेको तर त्यस्तो कुनै निर्देशन नआएको नेपालवाचलाई बताए ।
२०७९ पुस १० मा दुबईबाट इलेक्ट्रीक चुरोट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिकसँग महरा बाबु–छोराहरूको सम्पर्क देखिएको थियो ।
सीआइबीले पनि महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर जिल्ला सरकारी वकिलको कार्यलयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया