अझै सम्पर्कमा आएनन् नेपाली सेनाका मेजर

काठमाडौं । आइतबार साँझ ७ बजेबाट सम्पर्क बिहीन भएका डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अझै सम्पर्कमा आएका छैनन् ।
उनको खोजी तिव्र पारिएको भएपनि अझैसम्म कुनै सम्पर्क नभएको जिल्ला प्रशासन डोल्पाले जनाएका छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार उनको खोजीका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।
यस्तै, जनप्रतिनिधि र स्थानीयसँग सोधपुछ गरेर खोजी भइरहेको उनले जानकारी दिए । ‘हामीले हाम्रो सबै संयन्त्रलाई खटाएका छौँ । जनप्रतिनिधिहरुले पनि खोजी रहनु भएको छ । त्रिपुरासुन्दरीसम्म जीप रिजर्भ गरेर जानु भएको हो भन्ने जानकारीमा आएको छ,’ नेपालवाचसँग उनले भने ।
प्रमुख जिल्ला अधिकारी पोखरेलकाअनुसार उनी पियसोसँग ब्यारेकबाट दुनै बजार निस्किएका थिए । दुनै बजारबाट पियसोलाई फर्किन भन्दै आफु केहि समय फ्रेस भएर आउने भनेका थिए ।
‘बजारसम्म पियसोलाई छोड्न लगाएर, उसलाई फर्किन भन्नु भएछ । पियसोलाई आफु फ्रेस भएर केहि समयमा आउने भनेपछि उनी फर्किए । मेजरले एक जना चिनेको मान्छेको गाडी लिएर त्रिपुरासम्म जानुभएछ,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया