मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी दुई प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
न्यूनचापीय रेखा सरदर स्थानमै रहेपनि जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिनदेखि भारी वर्षा भएको छैन। यद्यपी, शनिबार भने कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया