एमसीसी कार्यान्वयनविरुद्ध विप्लव नेकपाले गर्यो आन्दोलन घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले पहिलो चरणको आन्दोलन १९ गतेबाट २३ गतेका लागि घोषणा गरेको नेता अनिल शर्माले बताए ।
आन्दोलन स्वरुप नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी, रुपन्देही जिल्लामा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
यस्तै, असोज १ गतेदेखि लप्सेफेदीबाट सुरु हुने एमसीसीविरुद्ध मार्चपाच अभियान १५ गते पाल्पामा गएर टुंगिने छ ।
बैठकमा चारदलीय समाजवादी मोर्चाको विषयमा पनि सामान्य छलफल भएको नेता शर्माले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया