सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।
अध्यक्ष यादवसहित लेखापाल टेक नारायण यादव एम.आई.एस. अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा आयोगको इटहरी कार्यालयबाट खटिई गएको टोलीले साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।
उनिहरुले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख नगद र ३ लाख बराबरको चेक लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षकै मिलेमतो देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया