दहीसँग के नखाने ?
एजेन्सी । दही स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । यसमा क्याल्सियम, भिटामिन बी १२, म्याग्नेसियम र पोटासियम जस्ता तत्व पाइन्छ । साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि पनि दही खानु उचित मानिन्छ । तर, दहीसँग फलफूल वा अन्य चिज मिसाएर खाने गर्नाले भने स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ । आज हामी दहीसँग के के नखाने भन्ने चर्चा गर्दैछौँ ।
आँप
आँपसँग दही खाने प्रचलन पनि छ । यसले मिठास त दिन्छ नै तर आँप र दहीको कम्बिनेशनले शरीरमा तातो र चिसोको असन्तुलन हुनसक्छ । यसले छालामा समस्या उत्पन्न गर्ने सम्भावना हुन्छ ।
दूध
दूध र दही एकसाथ खानबाट बच्नुपर्छ । यी दुवै चिज एकसाथ मिलाएर खाँदा पाचन प्रणाली बिग्रिन जान्छ र एसिडिटी, ग्यास बढ्छ ।
माछा
दही र माछाको कम्बिनेशनले पनि स्वाथ्यमा नकारात्मक असर पर्दछ । त्यसैले माछा र दही एकसाथ खानु हुँदैन ।
ओयली फुड्स
दहीसँग चिल्लो र मसलेदार खानेकुरा खानाले पाचन प्रक्रियामा असर गर्दछ । जसले गर्दा निन्द्रा नपर्ने जस्ता समस्या देखिन सक्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया