नेम्वाङको शाेकमा बिपी साहित्य महोत्सवको कार्यक्रम स्थगित
काठमाडौँं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ ।
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवका कार्यक्रम स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टीका सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै महोत्सवका कार्यक्रम स्थगित गरेको हो ।
बैठकले उनको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । बैठकले उनको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
संविधानसभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै आज भदौ २६ का लागि निर्धारित ‘बिपी साहित्य महोत्सव—२०८०’ को तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको संयोजक पाण्डेले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यसमितिको साउन २ देखि १० मा सम्पन्न बैठकले निर्णय गरेअनुरुप बिपी साहित्य महोत्सव आयोजना गरिएको हो । महोत्सवको अन्तिम दिनको कार्यक्रम अर्को सूचनापछि गरिने जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया