पूर्वमन्त्री पराजुली एकिकृत समाजवादीको सचिवमा मनोनित

काठमाडौं । एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनित गरेको छ।
हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनित गरेको पार्टीका उपाध्यक्ष हमालले जानकारी दिए।
उनका अनुसार पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। यही भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार उहाँहरूलाई केन्द्रीय सदस्य मनोनित गरिएको हमालको भनाइ थियो।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया