सुन तस्करी प्रकरण: अघि बढ्यो उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया
काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरिय छानविन आयोग गठनको प्रक्रिया अगाडी बढेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आयोग गठनको प्रक्रिया अगाडि बढेको जानकारी दिएका हुन् ।
भदौ ६ मा संसदमा प्रतिनिधित्व गर्ने ७ दलबीच आयोग गठन गर्ने २ बुदे सहमती भएको थियो । सोहि सहमति अनुसार आयोग गठनको प्रक्रिया अगाडी बढेको प्रधानमन्त्री प्रचण्डले सदनमा जानकारी दिएका हुन् ।
‘अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ,’ उनले भने, ‘सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ ।’
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भन्सार पासभईसकेर तस्करी भएको ६० किलो बढि सुन साउन ३ गते सिनामंगलबाट बरामद भएको थियो ।
यो सुन ‘ब्रेक–शु’मा ल्याइएको थियो । सुन राजश्व विभागले नियन्त्रणमा लिएको थियो । पछि विभागले सुन तस्करीबारे अनुसनधानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो ।
सीआइबीले अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया