पशुपति मन्दिर वरपर मासु, मदिरा बिक्री गर्न निषेध
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको जनाएको हो ।
पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्वको भाग तोकिएको छ भने श्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्मको भाग तोकिएको छ। उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तरको भाग तोकिएको छ। दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्मको भाग तोकिएको छ।
पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
कोही कसैले सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा कार्यलयले जानकारी गराएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया