महेन्द्र राजमार्गमा परेको खाडल बम विस्फोटबाट भएको पुष्टि, द्वन्द्वकालमा राखिएको आशंका
काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गमा परेको खाडल बम विस्फोटबाट भएको खुलेको छ ।
राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीबाट दुई किलोमिटर पूर्व राजमार्गमा शंकाष्पद खाडल देखिएको थियो । तर उक्त खाडल विस्फोटबाट परेको प्रहरीले जनाएको छ ।
बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार राजमार्गमा गए राति बम पड्किएको थियो ।
द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको हुन सक्ने उनले अनुमान गरे । माओवादीले चलाएको द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको उक्त बम विस्फोटबाट मानवीय क्षति भएको छैन ।
डीएसपी डाँगीका अनुसार विस्फोटबाट सडकको केही भाग उडेर खाडल परेको थियो । अहिले सडक विभागले खाडल पुरिसकेको छ भने राजमार्गमा सवारी साधन चलिरहेका छन् ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया