शिक्षामन्त्रीलाई एमालेको ज्ञापन पत्र: तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह
काठमाण्डौ । आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न नेकपा एमालेले माग गरेको छ ।
प्रमुख प्रतिपक्ष दल एमालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोली बिहीबार मन्त्री राईलाई ज्ञापनपत्र बुझाउन गएको थियो ।
त्यसक्रममा शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको सचेतक बर्तौलाले जानकारी दिए ।
‘शिक्षक महासङ्घले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट शिक्षामन्त्रीसँग केही विषय राख्यौँ । विद्यालयहरू बन्द भएको अवस्था छ, तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेका छौँ, उनले भने ।
जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढङ्गले पहल गरेको बताएको सचेतक बर्ताैलाले जानकारी दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया