ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी

काठमाडौं । वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका लागि टर्की पठाई टर्कीमा गएको भूकम्प पश्चात पुनः निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने भनी प्रलोभनमा पारी पीडितहरुबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेको थिए । वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले उनलाई पोखरा कास्कीबाट पक्राउ गरेको हो । ठगी गर्नेमा अरु पनि भएको पीडितहरु पनि धेरै हुन सक्ने प्रहरीले जनाएको छ ।
उनीहरुले दुई महिनाअघि टर्कीमा गएको भूम्कपलाई ठगीको औजार बनाई पैसा उठाएका थिए । विश्वासमा पार्न नक्कली कागजपत्र बनाएका थिए।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया